मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ११ मंगलबार
  • Monday, 31 August, 2026
गणेश लम्साल विराटनगर
२o७९ असोज ११ मंगलबार १८:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ मा अध्यादेशमार्फत प्रदेश निजामती कर्मचारी ऐन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ असोज ११ मंगलबार १८:२४:oo

प्रदेश १ सरकारले अध्यादेशमार्फत प्रदेश निजामती कर्मचारी ऐन ल्याएको छ। मंगलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत प्रदेश निजामती ऐन पारित गरको हो। 

लामो समय प्रतीक्षा गर्दा पनि संघले निजामती ऐन नबनाउँदा कामकाजमा बाधा पुगेको भन्दै प्रदेश १ सरकारले अध्यादेशमार्फत प्रदेश निजमती ऐन ल्याउन बाध्य भएको सरकारका प्रवक्ता यातायात, सूचना तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए। उनका अनुसार अध्यादेशमार्फत प्रदेश निजामती कर्मचारी ऐन आएपछि सरकारलाई कर्मचारी नियुक्ति र सरुवा गर्न सहज हुनेछ।