१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज १० सोमबार ०७:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सवारीसाधनलाई न्युरोड प्रवेशमा चार दिन रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज १० सोमबार ०७:३३:००

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी  सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्र्रेसमेत)लाई मिति तोकेर प्रवेश निषेध गरेको छ । 

कार्यालयले आइतबार एक सूचना जारी गरी १० असोज घटस्थापना, १४ असोज पञ्चमी, १५ असोज षष्ठी र १६ असोज फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नहुन्जेलसम्मका लागि डाइभर्सन गरी खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ । प्रहरीले तोकिएको मिति र समयमा सवारीसाधन नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न सवारीचालक तथा सवारीधनीमा अनुरोध गरेको छ ।

ठीक अवस्थामा नभएका सवारीसाधनलाई कारबाही
भक्तपुरको जगातीमा विशेष यान्त्रिक जाँचका क्रममा सवारीसाधनको अवस्था ठीक नभएका विंगर, हाइस र टाटासुमोलगायतका २७ भाडाका सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै १२ गाडीलाई नियन्त्रणमा लिएको छ ।

तालिमप्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको जाँचका क्रममा ह्यान्ड ब्रेक नभएका, लाइट नभएका, टायर धेरै खिइएका गाडीका चालकलाई कारबाही गरिएको हो । नियन्त्रणमा लिएका १२ सवारीसाधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाइने जनाइएको छ । 

अवस्था ठीक नभएको सवारीसाधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आइतबार दिउँसो सवारीसाधनको अवस्था जाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।