१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ २६ शुक्रबार १८:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी भएका १७ सवारीसाधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ २६ शुक्रबार १८:५०:००

विभिन्न मितिमा हराएका तथा चोरी भएका १७ वटा दुईपांग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले शुक्रबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले १४ वटा मोटरसाइकल र तीनवटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा ट्राफिक प्रहरीले खोजी गरी ती सवारीसाधन भेट्टाएको थियो। केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालीमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बुढानीलकण्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्कलगायतका स्थानमा दुईपांग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो।

हराएका सवारीसाधन खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ वटा सवारीसाधन चालू आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ। अवैध रूपमा नेपाल भित्रिएका १२ वटा सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले  बताए।

चालू आर्थिक वर्षको हालसम्म चोरीका २० वटा दुईपांग्रे  सवारीसाधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विललक, चेनलक, ह्यान्डिललक, डिस्कलकलगायत  सुरक्षा साइरनहरू जडान गरी सवारीसाधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरू अवलम्बन गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।

मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ गर्दा धेरै सवारीसाधन चोरी हुने गरेको ट्राफिक प्रहरी अधिकारी बताउँछन्।