१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
एकान्तकुनास्थित ट्रायल सेन्टर सुजुकी ड्राइभिङ स्कुल प्रालि । फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o८:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

उपत्यकाभित्रका ड्राइभिङ सेन्टरमा गैरकानुनी सवारीसाधन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o८:२५:oo

अपराध अनुसन्धान कार्यालयको छापा, २१ चारपांग्रे, २७ मोटरसाइकल र २२ स्कुटर कारबाहीका लागि सिफारिस 

प्रहरीले काठमाडौं उपत्यकाभित्रका विभिन्न ड्राइभिङ स्कुल सेन्टरमा छापा मारेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार उपत्यकाभित्रका एक सय ४२ ड्राइभिङ स्कुलमा छापा हानेको हो । सवारीसाधन अनुमतिपत्र लिन प्रयोग हुने सवारीसाधन गैरकानुनी रहेको सूचनापछि छापा हानेको प्रहरीले जनाएको छ ।

छापापछि गैरकानुनी रूपमा प्रयोग गरिएका २१ वटा चारपांग्रे, २७ वटा मोटरसाइकल र २२ वटा स्कुटरलाई प्रहरीले कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरेको छ । प्रहरीका अनुसार कारबाही सिफारिस गरिएका सवारीसाधनमध्ये कतिपय नवीकरण नगरिएका र कतिपय दर्ता नै नभएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । ‘उपत्यकाभित्र सञ्चालित ड्राइभिङ स्कुलमा प्रहरीले छापा मारेको छ । ट्रायलमा प्रयोग गरिएका सवारीसाधन गैरकानुनी रहेको सूचनापछि स्कुलमा छापा मारिएको हो । यसक्रममा २१ वटा चारपांग्रे, २७ वटा मोटरसाइकल र २२ वटा स्कुटर गैरकानुनी रूपमा प्रयोग भएको भेटिएको छ,’ उनले भने ।

प्रहरीका अनुसार कारबाही सिफारिस गरिएका अधिकांश सवारीसाधनको पाँच वर्षसम्म नवीकरण गरिएको छैन । यो कार्यले राजस्व संकलनमा क्षति पु¥याएको प्रहरीको भनाइ छ । कतिपय सवारीसाधन दर्ता नै गरिएका छैनन् । यस्ता सवारीसाधन भित्रिने स्रोतमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ‘छापा मारेपछि कारबाही सिफारिस गरिएका सवारीसाधन पाँच वर्षसम्म नवीकरण भएका छैन । नवीकरण नहुँदा राजस्व छली भयो, जुन गैरकानुनी हो । त्यस्तै कतिपय सवारीसाधन दर्ता गरिएका छैनन् । यस्ता सवारीसाधन कसरी भित्रिए भन्ने विषयमा प्रहरी अनुसन्धानरत छ,’ एसपी रेग्मीले भने ।

ड्राइभिङ सेन्टरले सवारीचालक अनुमतिपत्र लिन चाहने प्रशिक्षार्थी चालकका लागि आफैँ सवारीसाधन उपलब्ध गराउने गर्छ । सेन्टरले प्रशिक्षार्थीलाई सवारीचालक अनुमतिपत्रका लागि परीक्षा लिँदा सोही सवारीसाधन उपलब्ध गराउने गर्छ । गैरकानुनी तवरले प्रयोग हुँदै आएको सोही सवारीसाधन हो । त्यससँगै अधिकांश सेन्टरले सवारीसाधनका इन्जिनको स्वाभाविक चाललाई ‘मोडिफाई’ गरेका हुन्छन्, ताकि आफूकहाँ आएका बढीभन्दा बढी प्रशिक्षर्थीले सजिलै सवारीचालक अनुमतिपत्र लिन सकून् र सेन्टरको आम्दानी बढ्न सकोस् । यो धन्दाका लागि ट्रायल सेन्टरले परीक्षणमा खटिने प्रहरी र यातायात व्यवस्था कार्यालयका कर्मचारीसँग सेटिङ गरेको पाइएको प्रहरीले जनाएका छन् । जसकारण प्रशिक्षार्थीले सजिलै सवारीचालक अनुमतिपत्र लिन्छन् । 

सवारीसाधन दुर्घटना हुने कारणमध्ये एउटा यही रहेको प्रहरीको भनाइ छ । ‘हामीले गैरकानुनी ढंगले चल्दै आएका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरेका छौँ । बाँकी अनुसन्धान गर्ने काम सम्बन्धित कार्यालयबाटै होला,’ एसपी रेग्मीले भने । 

ad
ad