१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १२:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार

६ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:५१:oo

ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ।

गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु. ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व संकलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। 

राजस्वमध्ये काठमाडौं उपत्यकाबाट रु. ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु. सात करोड ८७ लाख दुई हजार ९४३, मधेशबाट रु. १० करोड पाँच लाख ५८ हजार ९०१, बागमतीबाट रु. सात करोड ८८ लाख ४० हजार, गण्डकीबाट रु. आठ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट रु. नौ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट रु. एक करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु. दुई करोड ४२ लाख ८८ हजार संकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले राससलाई जानकारी दिए। 

उनका अनुसार ट्रक–ट्यांकरबाट रु. १५ करोड १९ लाख ९५ हजार चार सय, बस–मिनीबसबाट रु. नौ करोड २० लाख पाँच, कार–जिप–भ्यानबाट रु. १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट रु. दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट रु. ३१ करोड १७ लाख ३४ हजार पाँच सय ४६ र टेम्पो तथा अन्यबाट रु. दुई करोड ५३ लाख २१ हजार ६ सय राजस्व संकलन भएको हो।

राजस्व रकममध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्यांकमा उल्लेख छ।

मादकपदार्थ सेवन गरेर तथा तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएकोभन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारीचालक अनुमतिपत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजस्व संकलन गरिएको प्रनाम ढकालले जानकारी दिए।

उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारीसाधनमध्ये ट्रक–ट्यांकर एक लाख ७० हजार ८४२ वटा, बस–मिनीबस एक लाख नौ हजार तीन सय ७७, कार–जिप–भ्यान दुई लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल चार लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार चार सय ६१ वटा छन्।

कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकले देखाएको छ।
 

ad
ad