१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी काठमाडौं
२०७९ असोज ९ आइतबार १२:०५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी

Read Time : > 2 मिनेट
एजेन्सी, काठमाडौं
२०७९ असोज ९ आइतबार १२:०५:००

कतार फिफा विश्वकप आगामी नोभेम्बरबाट सुरु हुँदै छ । विश्वकप नजिकिएसँगै विभिन्न संस्करणमा खेलाडीले बनाएका रेकर्डको पनि चर्चा हुन थाल्छ । यस्तो अवस्थामा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीलाई भुल्न त पक्कै भएन । सर्वाधिक खेल खेल्ने १० खेलाडीको सूची यस्तो छ :

लोथर म्याथिउस, जर्मनी
खेल : २५

जर्मन खेलाडीको नाम लिँदा लोथर म्याथिउसको नाम अग्रपंक्तिमा आउँछ । भर्सटाइल मिडफिल्डर म्याथिउस अट्याकिङ र डिफेन्सिभ दुवै पोजिसनमा उत्कृष्ट खेल्न माहिर थिए । अझ, उनी बक्स टु बक्स खेल्न सक्षम खेलाडी हुन् । आफ्नो समय पूर्ण रूपमा फिट रहेका म्याथिउस पासिङ स्किल र टेक्निकल खेलका लागि प्रसिद्ध छन् । जर्मनीबाट कुल १५० क्याप जितेका म्याथिउसले फिफा विश्वकपमा सर्वाधिक २५ क्याप जितेका छन् । उनले फरक पाँच विश्वकप खेलेका छन् । जसमध्ये उनको कप्तानीमा जर्मनीले सन् १९९० को विश्वकप जितेको थियो । यही वर्ष म्याथिउसले बालोन डिअर जिते । 

मिरोस्लाभ क्लोज, जर्मनी
खेल : २४

मिरोस्लाभ क्लोजले विश्वकप फुटबलमा सर्वाधिक १६ गोल गरेका छन् । उनले आफ्नो करिअरमा चार विश्वकपका २४ खेल खेले । उनी विश्वकपमा स्वर्ण, रजत र कांस्य जित्ने एक मात्र खेलाडी हुन् । उत्कृृष्ट स्ट्राइकरको रूपमा परिचित क्लोजले जर्मनीका लागि कुल १ सय ३७ खेल खेलेका छन् । उनले २००२ को डेब्यु विश्वकपमा पाँच गोल गरेका थिए । सन् २००६ को विश्वकपमा पाँच गोल नै गरेर उनी गोल्डेन बुट जित्न सफल भए । सन् २०१० मा उनले चार गोल गरे । त्यस्तै, २०१४ मा जर्मनीलाई विश्वकप जिताउने क्रममा दुई गोल गरे । यही विश्वकप क्लोजको खेल जीवनको अन्तिम विश्वकप थियो । 

पाओलो माल्दिनी, इटाली 
खेल : २३

इटालीका पाओलो माल्दिनी सर्वकालीन उत्कृष्ट रक्षक रहे । उनका पिता सिजर माल्दिनीसमेत व्यावसायिक फुटबल खेलाडी थिए । सेजरले नै पाओलोलाई इटालीको यू–२१ टोलीमा बोलाएका थिए । १९ वर्षको उमेरमै पाओलोले सिरी ए क्लब एसी मिलानबाट डेब्यु गरे । पाओलोले इटालीबाट १६ वर्ष खेल्दा कुल १२६ क्याप जिते । जसमध्ये उनले विश्वकपमा २३ खेल खेलेका छन् । पाओलोसँग विश्वकपमा सर्वाधिक २ हजार २ सय १६ मिनेट खेलेको कीर्तिमान छ । सन् १९९० मा आफ्नो डेब्यु विश्वकपमै उनले सात खेल खेलेका थिए । उनी डिफेन्समा खम्बा बनेर उत्रँदा इटालीले पाँच खेलमा क्लिन सिट राखेको थियो । 

डिएगो म्याराडोना, अर्जेन्टिना
खेल : २१

म्याराडोनाको परिचय फुटबलप्रेमीलाई दिइरहनै पर्दैन । इतिहासकै महान् खेलाडीमध्येका एक म्याराडोनाको दुई वर्षअघि निधन हुँदा पूरै विश्व शोकाकुल भएको थियो । निधनपछि पनि म्याराडोना फुटबलमा सर्वाधिक चर्चा भइरहने पात्र हुन् । उनको खेलबाट प्रभावित हुने र उनलाई सम्झनेको संख्या ठूलै छ । स्किल र भिजनरी खेलाडीका रूपमा म्याराडोनालाई चिनिने गरिन्छ । अर्जेन्टिनाका लागि म्याराडोनाले ९१ क्याप जितेका छन् । उनले चारवटा विश्वकपमा २१ वटा खेल खेले । यसमध्ये सबैभन्दा धेरै चर्चा १९८६ को विश्वकपको हुन्छ । यतिवेला उनी मैदानको चारैतिर हावी भएपछि औसत खेलाडीहरूले भरिएको अर्जेन्टिना विश्व च्याम्पियन बन्न सफल भएको थियो ।

म्याराडोनाले उक्त विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध गरेका दुई गोल सधैँ चर्चामा रहन्छ । अर्जेन्टिनाले २–१ ले जितेको उक्त खेलमा म्याराडोनाले हातले पहिलो गोल गरेका थिए, रेफ्रीले पत्तो नपाएकाले उक्त गोलले मान्यता पायो । यसलाई म्याराडोनाले ‘ह्यान्ड अफ गड’ भनेर टिप्पणी गरेका थिए । यही खेलमा उनले गरेको अर्को गोल विश्व इतिहासकै सर्वाधिक उत्ृकष्टमध्ये एक मानिन्छ । म्याराडोनाले इंग्ल्यान्डका ६ खेलाडीलाई छक्याएर उक्त गोल गरेका थिए । 

उवे सिलर, जर्मनी
खेल : २१

जर्मन स्ट्राइकर उवे सिलरले घरेलु तथा अन्तर्राष्ट्रिय फुटबलमा धेरै कीर्तिमान राखेका छन् । उनी वर्तमान स्ट्राइकरका लागि उदाहरणीय व्यक्ति हुन सक्छन् । जर्मनीका लागि सिलरले कुल ७२ क्याप जिते । जसमा ४३ गोलसमेत समावेश छ । सिलरले चार विश्वकप (सन् १९५८, १९६२, १९६६ र १९७०) मा गरेर २१ खेल खेलेका थिए । यद्यपि, यी चारै विश्वकपमा जर्मनी च्याम्पियन बन्न सकेन । तर, उनले चारवटै विश्वकपमा गोल गरेका थिए । विश्वकपमा उनले कुल नौ गोल गरेका छन् । 

व्लादिस्लाव जिमुदा, पोल्यान्ड
खेल : २१

व्लादिस्लाव जिमुदा लेजेन्ड सेन्टर डिफेन्डर हुन् । जिमुदाले पोल्यान्डका लागि कुल ९१ क्याप जितेका छन् । जसमध्ये चारवटा विश्वकपमा खेलेका २१ खेल समावेश छन् । उनले विश्वकपमा दुई गोलसमेत गरेका थिए । सन् १९७४ को फिफा विश्वकपमा जिमुदा ‘योङ प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित भएका थिए । उवे सिलर र म्यारोडोना पछि २१ खेल खेल्ने सिलर तेस्रो खेलाडी हुन् । जिमुदाले सन् १९७४, १९७८, १९८२ र १०८६ को विश्वकप खेलेका थिए । जिमुदाले सन् १९७६ को समर ओलम्पिकमा समेत भाग लिएका थिए । 

काफु, ब्राजिल 
खेल : २०

ब्राजिलका काफु, जर्मनीका बास्टिन स्वेन्सटाइजर, जर्मनीकै फिलिप लाहाम र पोल्यान्डका ग्रिजोर्ज लाटोले आ–आफ्नो देशका लागि विश्वकपमा २० खेल खेलेका छन् । यसमध्ये काफुले दुईपटक विश्वकप जिते । उनी १९९४ देखि २००२ सम्म लगातार तीनपटक विश्वकपको फाइनल खेल्ने एक मात्र खेलाडी हुन् । स्वेन्सटाइजर र फिलिप लाहामले पनि विश्वकप जितेर आफ्नो करिअरलाई सफल बनाए । उनीहरूले २०१४ मा जर्मनीलाई विश्वकप जिताएका थिए ।