१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १८ शुक्रबार १६:२४:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल र बहराइनको खेल दशरथ रंगशालामा नहुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १८ शुक्रबार १६:२४:००

फिफा विश्वकप २०२६ छनोटअन्तर्गत बहराइनसँग ८ चैतमा हुने खेल दशरथ रंगशालामा नहुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दरशरथ रंगशालामा तय खेल नहुने भएको जनाएकाे छ। एन्फाले नयाँ मिति केही समयपछि हुने बताएको छ। एन्फाले मलेसिया र भारतमा गर्ने गृहकार्य गरेको छ।

दशरथ रंगशालाको दुबो र माटो कमजोर भएपछि बहराइनले एसियाली फुटबल महासंघ (एएफसी)मा उजुरी गरेको थियो। त्यसपछि आएका एएफसीका प्रतिनिधिले निरीक्षण गर्दै खेल दशरथ रंगशाला गर्न नसकिने रिपोर्ट गरेका  थिए।

समूह ‘एच’मा रहेको नेपालले यसअघिका दुवै खेल हारिसकेको छ। युएई र यमनसँग हारेको हो।  पछिल्लो  साता  नेपाल रग्बी संघको आयोजनामा रग्बी राष्ट्रिय स्तरको फिप्टिन्स रग्बी च्याम्पियनसिप आयोजना भएपछि मैदानको अवस्था कमजोर बनेको थियो।