मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७९ असोज ८ शनिबार १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभर ७४ जनामा कोभिड-१९ संक्रमण, एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार १८:o८:oo

कोरोना भाइरसको संक्रमण देशभर ७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार गरेको नियमित बुलेटिनमा चार हजार एक सय २६ जनाको परीक्षण गर्दा ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार एक सय १६ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन्। निको हुने प्रतिशत ९८.७ प्रतिशत रहेको छ। आज एकजनाको संक्रमणका कारणले निधन भएको जनाइएको छ। अहिलेसम्म संक्रमणका कारणले १२ हजार १७ जनाको निधन भइसकेको छ। सक्रिय संक्रमितको संख्या एक हजार दुई सय ८३ पुगेको छ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं रहेको छ। यस्तै, १५ जिल्लामा संक्रमित संख्या शून्य रहेको छ। होमआइसोलेसनमा एक हजार दुई सय ३४, संस्थागत आइसोलेसनमा ४९ र सघन उपचारकक्ष (आइसियू)मा १०  जनाको उपचार भइरहेको छ। विगत २४ घण्टामा कोरोना भाइरसविरुद्धको खोप कसैले पनि नलगाएको मन्त्रालयले जनाएको छ।