मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असोज ८ शनिबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ८ शनिबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

समानुपातिकको बन्दसूचीमा देउवा पक्षले एकलौटी गर्‍यो : भूपेन्द्रजंंग शाही  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ८ शनिबार १७:५५:oo

कांग्रेस संस्थापन इतरसमूहका नेता भूपेन्द्रजंंग शाही समानुपातिकको बन्दसूची शेरबहादुर देउवा पक्षले एकलौटी गरेको आरोप लगाएका छन्। 

काठमाडौंको थापागाउँमा आयोजित खबरदारी सभामा बोल्दै उनले समानुपातिकको सूचीमा देउवा पक्षले एकलौटी गरेको आरोप लगाएका हुन्। 

‘अस्ति मात्रै  शेखर कोइराला, गगन थापा र धनराज गुरुङको मिटिङ बसेर समानुपातिकको सूचीमा १६ गतेअगाडि नै परिवर्तन गरेर हाम्रो समूहलाई ४० प्रतिशतभन्दा बढी हिस्सा नभए हाम्रो समूह निर्वाचनमा जाँदैन भनेर निर्णय गर्नुभएको छ,’ ‘उनले भने, एकलौटी निर्वाचनमा गए हुन्छ। केन्द्रीय समितिमा १६७ मा बहुमत छ भन्ने उहाँहरूको छ। ४० लाख भोट चाहिन्छ। भोट त जनतासँग छ। कहाँ छ बहुमत?’