१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ६ बिहीबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौ‌
२o७९ असोज ६ बिहीबार १८:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुमपूर्व दुर्घटनाका घाइतेको उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्न गृहमन्त्रीकाे निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौ‌
नयाँ पत्रिका
२o७९ असोज ६ बिहीबार १८:४३:oo

गृहमन्त्री बालकृष्ण खाणले रुकुमपूर्वको भूमे गाउँपालिका- ३ को क्याङसी बगरमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको उद्धार र उपचारमा हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिएका छन्।  

गृह प्रशासन र रुकुमपूर्व जिल्ला प्रशासन कार्यालयलाई गृहमन्त्री खाणले घाइतेको उद्धार गरी उपचारका लागि अस्पतालसम्म पुर्‍याउन हेलिकोप्टरको प्रयोग गर्न निर्देशन दिएका हुन्। 

गृह मन्त्रालयका प्रवक्ता तथा सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणको निर्देशनपछि दुर्घटनामा घाइते भएकाहरूको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा जान लागेको जानकारी दिए। 
 
काठमाडौंबाट रुकुमकोटतर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस भूमे गाउँपालिका वडा नम्बर २ को खावाङ बगरनजिकै पर्ने वडा नम्बर- ३ को क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ घाइते छन्। 

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको रुकुमपूर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यले जानकारी दिए। 

गृहमन्त्री खाणले दुर्घटनामा घाइते भएकाहरूको अवस्था र उद्धारका लागि भइरहेका कार्यबारे टेलिफोनबाट जानकारी लिए। बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

यस्तै, गृहमन्त्री खाणले मकवानपुरको भीमफेदीमा भएको यात्रुबाहक बस दुर्घटनाबारे पनि जानकारी लिँदै घाइतेहरूको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिए। 

मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी घाइतेहरूको यथाशीघ्र उद्धार र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका थिए। 
    
भीमफेदी गाउँपालिकामा बिहीबार दिउँसो भएको दुर्घटनामा परेर ७ जनाको मृत्यु भएको र १७ जना घाइते भएका मकवानपुर प्रहरीले जनाएको छ।
 
काठमाडौंबाट हेटौँडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस स्थानीय १२ घुम्तीमा अनियन्त्रित भएर दुर्घटना भएको थियो।