१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ६ बिहीबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीको विरोधमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन आज पनि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ६ बिहीबार १२:५७:००

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै आज पनि विरोध प्रदर्शन गरेका छन्। संयुक्त विद्यार्थी संगठनले बिहीबार माइतीघर मण्डलामा राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन्।

नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ, नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी)निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी नेपालनिकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन संयुक्त विरोध प्रदर्शनमा सहभागी छन्।

प्रदर्शनमा सहभागीले ‘नाम उसको विद्या, संविधानलाई सिध्या’लगायत नारा लगाएका छन्। विरोधका कार्यक्रमअन्तर्गत असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गर्ने संयुक्त विद्यार्थी संगठनले बताएको छ।