मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ५ बुधबार २२:४६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अदालतमाथि बालेनले फेरि गरे कटाक्ष

टुकुचा नदीलाई खोला भन्न नसक्ने अदालतले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ५ बुधबार २२:४६:००

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उच्च अदालत पाटनको कारण देखाऊ आदेशपछि अदालतमाथि पुनः प्रश्न गर्दै स्टाटस लेखेका छन् । 

आज उच्च अदालत पाटनले टुकुचा क्षेत्रमा महानगरले चलाइरहेको डोजरको विषयमा कारण देखाऊ आदेश जारी गरेको थियो । आदेशपछि बालेनले फेसबुकमा अदालतमाथि प्रश्न गर्दै स्टाटस लेखेका हुन् ।

‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नुहुन्छ ?’ बालेनले फेसबुक स्टाटसमा लेखेका छन् । 

काठमाडौं महानगरले टुकुचामाथि बनाइएका संरचना भत्काउन थालेपछि त्यहाँ रहेका २१ घरधनी र व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । ती मुद्दामाथि सुनुवाइ गर्दै पाटन उच्च अदालतले आज महानगरका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।

यसअगाडि नर्भिक अस्पतालमा अवैध संरचना भत्काउन खोज्दा सर्वोच्च अदालतले नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएपछि बालेनले अदालतको पहिलोपटक आलोचना गरेका थिए ।