मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असोज ५ बुधबार
  • Friday, 14 August, 2026
२o७९ असोज ५ बुधबार १४:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीलाई सल्लाहकारको सुझाव- राजपत्रमा प्रकाशित गरेर नागरिकता ऐन लागू गर्नुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ५ बुधबार १४:o८:oo

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले राजपत्रमा प्रकाशित गरेर सरकारले नागरिकतासम्बन्धी ऐन लागू गर्नुपर्ने सल्लाह दिएका छन्। 

दुवै संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले दुवैपटक प्रमाणित नगरेको र संसद् पनि नभएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेर कार्यान्वयन थाल्नुपर्ने बताएका छन्।

‘मैले प्रधानमन्त्रीज्यूलाई राजपत्रमा प्रकाशित गरेर नागरिकतासम्बन्धी ऐन लागू गर्नुपर्छ भन्ने सल्लाह दिँदैछु,’ सल्लाहकार सुवेदीले नयाँ पत्रिकासँग भने, ‘राष्ट्रपतिबाट दुर्भाग्यपूर्ण कदम चालिएको अवस्था छ। संसद् नभएकै अवस्थामा संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक र राजनीतिक नियुक्तिहरू त स्वतः ४५ दिनपछि कार्यान्वयन हुन्छ भने यो ऐन कार्यान्वयन पनि गरौँ भन्ने मेरो सुझाव छ।’ 

सुवेदीले वर्तमान सरकारले जारी गर्ने राजपत्रलाई आवश्यक परे आगामी संसद्ले पुनर्विचार गर्न सक्ने पनि बताए। उनले भने, ‘राष्ट्रपतिबाट संविधान उल्लंघन भएको छ। दुईपटक संसद्ले पारित गरिसकेको विधेयकलाई ऐनका रूपमा राजपत्रमा प्रकाशन गरेर कार्यान्वयन गर्नु संविधानसम्मत नै हुन्छ।’