Skip This
गोठाटार गोलीकाण्ड : हत्या अनुसन्धान गर्न विशेष समिति गठन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ४ मंगलबार
  • Saturday, 27 July, 2024
टेकराज थामी काठमाडौं
२o७९ असोज ४ मंगलबार १८:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गोठाटार गोलीकाण्ड : हत्या अनुसन्धान गर्न विशेष समिति गठन 

Read Time : < 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ४ मंगलबार १८:o७:oo

गोठाटारमा गोली प्रहार गरी मारिएका सलार्ही हरिवन नपा–२ का ५५ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जी अनुसन्धानका लागि प्रहरीले एसएसपीको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

समितिको संयोजक काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई रहेका छन्।

लाल मोहम्मद हत्या घटना अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रवीन्द्र धानुकले बताए।
 
उनले  भने, ‘लाल मोहम्मद हत्या घटना अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। समितिले घटनाको विशेष अनुसन्धान गर्नेछ । नयाँ तथ्य पछि खुल्दै जालान्।’

मोहम्मदको सोमबार साँझ अपरिचित आक्रमणकारीले  लघारीलघारी गोली हानी फरार भएका थिए। उनको उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो।

घटनाको करिब २४ घण्टा  बितिसक्दा पनि प्रहरीले  अनुसन्धान उल्लेख्य प्रगति गर्न सकेको छैन। अनुसन्धान जटिल देखिएकाे हुँदा प्रहरीले छानबिन समिति गठन गरेको हो।