
सर्वोच्च अदालत र प्रधानन्यायाधीशको निवासमा मानव अधिकार आयोगको टोली पुगेको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई बालुवाटारस्थित निवासबाट बाहिर निस्कन नदिइएको भन्ने विषयमा बुझ्न आयोगको टोली बालुवाटार पुगेको हो।
आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलको नेतृत्वमा मानव अधिकार आयोगको टोली सर्वोच्च र प्रधानन्यायाधीशनिवासमा खटाएको आयोगकी आयुक्त लिली थापाले जानकारी दिइन्।
जबराले आज सर्वोच्च फर्कने तयारी गरेपछि बालुवाटारस्थित प्रधानन्यायाधीशनिवासमा सरकारले सुरक्षाकर्मी खटाएको थियो। महाभियोग सिफारिस समितिले महाभियोग लगाउनुपर्ने निष्कर्षसहितको प्रतिवेदन संसद् सचिवालयमा बुझाएपछि जबराले सर्वोच्च फर्कने तयारी गरेका थिए।