मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असोज २ आइतबार ०५:५५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अछाम पहिरोमा २१ को ज्यान गयो

Read Time : > 1 मिनेट
२०७९ असोज २ आइतबार ०५:५५:००

कमलबजार नगरपालिकामा तीन परिवारका १२, तुर्माखाँद गाउँपालिकामा दुई परिवारका ८ र ढकारी गाउँपालिकामा १ को मृत्यु 

तुर्माखाँद गाउँपालिका– ५ नाडाको काँडाचौरमा शुक्रबार राति गएको पहिरो । पहिरोले दुई घर पुरिँदा आठजनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती मनीषा र छोरी विमलाको मृत्यु भएको हो । मीनबहादुर शाहीकी छोरी जानकीको पनि मृत्यु भएको छ । विमला र जानकी नाडाकै कालिकेश्वरी माविमा कक्षा १० मा पढ्थे । त्यस्तै, स्थानीय रितबहादुर शाही (रिठे)का दुई बुहारी भावना र कल्पना तथा दुई नातिनी नेलिना र करिश्मा शाहीको मृत्यु भएको छ । रितबहादुरका छोरा सुन्दर शाही अझै बेपत्ता रहेको कालिकेश्वरी माविका शिक्षक टोपेन्द्र शाहीले बताए । 

अछामका चार ठाउँमा शुक्रबार राति गएको पहिरोमा परेर २१ जनाको मृत्यु भएको छ । तीनजना बेपत्ता छन् । निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार कमलबजार नगरपालिकामा १२, तुर्माखाँद गाउँपालिकामा आठ र ढकारी गाउँपालिकामा एकको मृत्यु भएको हो । 

कमलबजार नगरपालिकाको वडा नम्बर ६ ठाँटीखाँदमा सबैभन्दा धेरै सातजनाको मृत्यु भएको छ । स्थानीय इन्द्र जनालाको घरमाथि पहिरो खस्दा तीन छोरी सरिता, संजिता र मैनकलाको मृत्यु भएको छ । त्यस्तै, इन्द्रकै भाइ नमबहादुर जनालाकी श्रीमती सिर्जना, छोरा ईश्वर, बुहारी गीता र छोरी धनाको पनि घटनास्थलमै मृत्यु भएको छ । पाँचजना सामान्य घाइते भएका छन् । 

कमलबजारकै वडा नं. ८ डुंगालास्थित कुन्टागडेन टोलमा पहिरोले घर पुरिँदा २६ वर्षीय गम्भीर दमाईं, उनकी श्रीमती २३ वर्षीया भाना, छोरीहरू २६ वर्षीया डिग्रा, पाँच वर्षीया कल्पना र तीन वर्षीया सृष्टिको मृत्यु भएको हो । पहिरोमा पुरिएका खड्के दमाईंको भने जीवितै उद्धार गरिएको स्थानीय हिक्मत नेपालीले बताए । 

त्यस्तै, तुर्माखाँद गाउँपालिका– ५ नाडाको काँडाचौरमा पहिरोले दुई घर पुरिँदा ८ को मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । स्थानीय नेत्रबहादुर शाही, उनकी श्रीमती मनीषा र छोरी विमलाको मृत्यु भएको हो । मीनबहादुर शाहीकी छोरी जानकीको पनि मृत्यु भएको छ । विमला र जानकी नाडाकै कालिकेश्वरी माविमा कक्षा १० मा पढ्थे ।

त्यस्तै, स्थानीय रितबहादुर शाही (रिठे)का दुई बुहारी भावना र कल्पना तथा दुई नातिनी नेलिना र करिष्मा शाहीको मृत्यु भएको छ । रितबहादुरका छोरा सुन्दर शाही अझै बेपत्ता रहेको कालिकेश्वरी माविका शिक्षक टोपेन्द्र शाहीले बताए । उनका अनुसार बेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको छ । मानवीय क्षति भएका दुवै घर पूर्ण रूपमा पहिरोले बगाएको छ । ती घरवरपरका करिब डेढ दर्जन घर पहिरोको उच्च जोखिममा परेका छन् । 

ढकारी गाउँपालिका– ६ ढुंगाचाल्नाको सिमाने गाउँका हर्कबहादुर बुढा (बैदार)का दुई वर्षीय नाति नवीनको पनि पहिरोमा परेर ज्यान गएको छ । ६५ वर्षीय हर्कबहादुर, बुहारी २५ वर्षीया चन्द्रादेवी र नाति ११ वर्षीय धर्म घाइते छन् । उनीहरूलाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेत लगिएको वडासदस्य कर्णबहादुर बुढाले जानकारी दिए । सो क्षेत्रमा करिब दर्जन घरमा पहिरोले क्षति गरेको उनले बताए ।