१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आजबाट दसैँका लागि अग्रिम टिकट बुकिङ खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१८:oo

आज शनिबारबाट दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार आजदेखि सार्वजनिक बसको अनलाइन टिकट बुकिङ खुला गरिएको हो।

टिकट बुकिङ खुलेसँगै आज बिहान ७ बजेदेखि नै बसपार्क क्षेत्रमा टिकट काट्नेको भिड लागेको छ। नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, चाबहिललगायतका स्थानमा यात्रुहरू टिकट काट्न पुगेका छन्। काठमाडौंबाट दसैँको समयमा लाखौँ यात्रुले उपत्यका छाड्छन्।

यातायात व्यवस्था विभागले दसैँमा असोज १५ देखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म अत्यावश्यक वस्तु ढुवानी गर्नेबाहेक ट्रेलरलगायतका ठूला सवारीसाधन सञ्चालनमा समेत रोक लगाउने निर्णय गरेको छ। आवतजावत गर्ने ठाउँका सवारीसाधनका लागि अग्रिम बुकिङ गर्न छुट्टै टिकट काउन्टर स्थापना गरिएको छ भने थोरै गाडी जाने ठाउँमा हालकै काउन्टरबाट व्यवस्थापन गरिएको छ।

यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई व्यवसायीले छुट वा सहुलियत प्रदान गर्ने निर्णय विभागले यसअघि नै गरेको थियो। यातायात व्यवस्था विभागले परिचय-पत्र लगाएका कर्मचारीहरूसँग मात्रै टिकट काट्न पनि यात्रुहरूलाई आग्रह गरेको छ।
 

ad
ad