१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ११ शुक्रबार
  • Friday, 24 May, 2024
२o८१ जेठ ११ शुक्रबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आर्मी सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ११ शुक्रबार १o:१६:oo

त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबमाथि १३ रनको रोमाञ्चक जित निकाल्दै नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको छ । टियू क्रिकेट मैदानमा बुधबार महत्वपूर्ण जित निकालेको आर्मीले पाँच खेलबाट आठ अंक जोडेको छ । ६ अंकका साथ पुलिस उपविजेता बन्यो । पुलिस र कर्णाली प्रदेशले ६ अंक जोडेका छन् । रनरेटका आधारमा पुलिस अन्तिम चारमा पुगेको हो । 

पहिलो ब्याटिङ गरेको आर्मीले पाँच विकेट गुमाएर एक सय ७७ रन जोडेको थियो । पुलिसले आठ विकेटको क्षतिमा एक सय ६४ रन बनायो । पुलिसका लागि आरिफ शेखले २४ बलमा एक चौका र तीन छक्का प्रहार गरी ४० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । ओपनर कुशल भुर्तेल ९ रन, अर्का ओपनर सुनिल धमलाले २७ रन र दिलीप नाथले २३ रनको योगदान गरे । पुलिसका कप्तान दिपेन्द्रसिंह ऐरी २१ रनमा पभेलियन फर्र्किए । 

बलिङमा आर्मीका स्पिनर साहब आलमले चार ओभरमा २४ रन खर्चेर दुई विकेट हात पारे । सोमपाल कामीले चार ओभरमा ४५ रन दिँदै दुई विकेट लिए । यसअघि, ब्याटिङ गरेको आर्मीका कप्तान विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै २९ बलमा दुई चौका र सात छक्का प्रहार गरी नटआउट ६६ रनको योगदान दिएका थिए । म्यान अफ दी म्याच भण्डारीले २२ बलमा अर्धशतक पूरा गरेका थिए । आर्मीका ओपनर अर्जुन साउदले ३४ बलमा सात चौका र दुई छक्कासहित ५३ रन बनाए । पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । 

बिहीबार पहिलो सेमिफाइनलमा समूह ‘ए’को विजेता आर्मीले समूह ‘बी’को उपविजेता सुदूरपश्चिमको सामना गर्नेछ । अर्कोे सेमिफाइनलमा समूह ‘ए’को उपविजेता पुलिस र समूह ‘बी’को विजेता एनआरएनएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शुक्रबार हुनेछ ।

ad
ad