१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o८:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल उपविजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o१:oo

श्रीलंकामा आयोजना भइरहेको साफ यू–१७ फुटबल प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ४–० ले पराजित भएको छ । जितसँगै भारतले उपाधिमाथि कब्जा जमाएको छ । यसअघि समूह चरणमा नेपालले भारतलाई ३–१ ले हराएको थियो । यस जितसँगै भारतले लगातार दोस्रोपटक उपाधि जितेको छ ।

भारतले समूह चरणमा बेहोरेको हारको बदला नेपालसँग लिएको छ । भारतले श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । कोलम्बोमा भएको उपाधि भिडन्तमा नेपाल दश खेलाडीमा सीमित भएको थियो । 

भारतको जितमा बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक–एक गोल गरेका थिए । खेलको १८औँ मिनेटमा बोबीले भारतलाई १–० को अग्रता दिलाएका थिए । खेलको ३०औँ मिनेटमा कोरोउले भारतलाई २–० को अग्रता दिलाए । खेलको ३९औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटियो ।

भारतका ड्यानीलाई फल गरेपछि नेपालका कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६३औँ मिनेटमा कप्तान गुइटेले भारतलाई ३–० को बलियो स्थितिमा राखे । खेलको अन्तिम इन्जुरी समयमा अमनले भारतको जित ४–० ले पक्का पारे । 

ad
ad