मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २९ बुधबार २२:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँच हजार घुस माग्ने प्लम्बरविरुद्ध मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २९ बुधबार २२:३१:००

खानेपानीको धारा जडानका लागि पाँच हजार रुपैयाँ घुस माग्ने प्लम्बरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । आयोगले काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सिनियर प्लम्बर गणेशबहादुर खुलालविरुद्ध पाँच हजार बिगो दाबी गर्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग पाँच हजार घुस लिएको अख्तियारको आरोप-पत्रमा उल्लेख छ । धारा जडान गरेकामा घुस मागेपछि गत ३१ साउनमा अख्तियारले उनलाई रंगेहात पक्राउ गरेको थियो । पक्राउपछि उनीमाथि छानबिन गरेर आयोगले अदालतमा मुद्दा अभियोजन गरेको हो ।