मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ २७ सोमबार ०५:४८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपालमा कडाइपछि भारतबाट मानव तस्करी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ २७ सोमबार ०५:४८:००

नेपालमा भिजिट भिसामा विदेश जान कडाइ भएपछि भारत हुँदै विभिन्न देश पठाउन थालिएको छ । भारत हुँदै कम्बोडिया पुगेका तीन नेपालीलाई त्यहाँको अध्यागमनले शंका लागेपछि गत मंगलबार विमानस्थलबाटै फर्काइदिएपछि यसको रहस्य खुलेको हो ।

करिब तीन सातायता नेपालको विमानस्थलबाट भिजिट भिसाको सेटिङ भत्किएको छ । प्रहरीले कडाइ गरेपछि अध्यागमनले पनि शंकास्पदलाई फर्काउन थालेको छ । यस्तो अवस्थामा भारतका विभिन्न विमानस्थल प्रयोग गर्दै नेपालीहरू तेस्रो देश जान थालेका हुन् । 

एसपी दानबहादुर मल्ल, मानव बेचबिखन अनुसन्धान ब्युरो
भिजिट भिसामा लगेर अवैध काममा लगाउने गरेको सूचना छ, यसको नियन्त्रणदेखि अनुसन्धानसम्मका काम गरिरहेका छौँ ।

गत मंगलबार कम्बोडियाबाट फर्काइएका तीनजना चिनियाँ कल सेन्टरमै काम गर्न एक गिरोहले पठाएको थियो । कम्बोडियामा धेरै नेपाली घुम्ने बहानामा काम खोज्न गएपछि त्यहाँको अध्यागमनले कडाइ गर्न थालेको छ । कम्बोडियाले नेपालीलाई ‘अन अराइभ’ भिसा दिन्छ । त्यही सुविधाको दुरुपयोग गरी मानव तस्करी भइरहेको हो । अन्य देश नघुमेका व्यक्तिलाई अन अराइभ भिसामा त्यहाँ कडाइ भएपछि सुरुमा दुबई लाने र त्यहाँ केही दिन राखेर कम्बोडिया लैजाने प्रवृत्तिसमेत देखिएको छ ।

गत बुधबार नेपाल फर्किएका महोत्तरीका मुकेश ठाकुरलाई पनि त्यसैगरी सुरुमा दुबईमा केही दिन राखेर कम्बोडिया पुर्‍याइएको थियो । आयुष मेनपावरका सञ्चालक उदीतनारायण साहले त्यसरी कम्बोडिया पठाएर बिक्री गरेको भन्दै उनले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएका छन् ।