मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गगन अयडी बाजुरा
२०७९ भदौ २५ शनिबार १८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छाक टार्न भारी बोक्दै अम्कोट पहिरोपीडित परिवार 

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०७९ भदौ २५ शनिबार १८:१६:००

बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा १ अम्कोटका पहिरोपीडितहरू दिनभर साहुको भारी बोक्दै साँझ बिहानको छाक टार्ने गरेका छन्। साँफे-मार्तडी सडक खण्डअन्तर्गत पर्ने अम्कोटमा विगत ६ वर्षदेखि पहिरो आउने गरेको छ।

पहिरोले गर्दा साँफे-मार्तडी सडक तीन महिनादेखि अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा साँफे- मार्तडी कोल्टीको यात्रा निकै कष्टकर रहेको यात्रु दिलबहादुर कुँवरले बताए। उनले भने अम्कोट पहिरोले गर्दा २ सयभन्दा बढी अम्कोटवासीको बिचल्ली हुनुका साथै साँफे-मार्तडी सडक खण्डमा सञ्चालन हुने साना तथा ठूलो दुरीका सवारीसाधनहरू बन्द हुँदा खाद्यान्न तथा अन्य दैनिक खाद्यवस्तु ढुवानी गर्न समस्या भएको कुँवरले बताए।

पहिरोले घरवास जग्गा जमिन बगाएपछि अम्कोटका १ सयभन्दा बढी परिवार पूर्ण विस्थापित भइसकेको पहिरोपीडित काशी चन्द पाध्यायले बताए। उनले भने,'साँझ बिहान के खाने के लगाउने भन्ने चिन्ताले मन पिरोलिरहेको छ।'