Skip This
सवारी अनुमतिपत्रको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ भदौ २४ शुक्रबार
  • Monday, 15 September, 2025
२o७९ भदौ २४ शुक्रबार १९:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारी अनुमतिपत्रको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ २४ शुक्रबार १९:२o:oo

सवारीसाधन अनुमतिपत्रको ट्रायल परीक्षामा परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

सक्कली परीक्षार्थी जिल्ला तनहुँ भानु नगरपालिका– २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा नक्कली परीक्षार्थी जिल्ला मकवानपुर घर भई हाल पोखरा– ८ सभागृहचोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्माले परीक्षा दिन गएको र उक्त परीक्षा दिन लगाउने जिल्ला तनहुँ भानु नपा– ४ घर भई जिल्ला कास्की पोखरा मनपा– १७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो। 

यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र कास्कीले सञ्चालन गरेको स्कुटरको ट्रायल परीक्षामा परीक्षा दिन गएकी नक्कली परीक्षार्थीसँगै परीक्षा दिन लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका उनीहरूलाई शिक्षा ऐनसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।