१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ बैशाख २० बिहीबार २o:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गठबन्धनमा भाग टुंगिइसकेपछि कांग्रेसले उम्मेदवार चयन गर्छ : गृहमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:o४:oo

गृहमन्त्री बालकृष्ण खाणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उम्मेदवार चयन गर्ने बताएका छन्। मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले गठबन्धनमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उम्मेदवार चयन गर्ने बताएका हुन्। 

उनले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए। गृहमन्त्री खाणले नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्षेत्रहरूका लागि उम्मेदवारहरू सिफारिस भने गरिरहेका बताए।

उनले भने, ‘पहिला हामीले कुन निर्वाचन क्षेत्रमा कुन जिल्लामा कुन पार्टीको उम्मेदवार उठ्ने त्यो कुराको निर्णय हामीले गठबन्धनबाट गर्नुपर्छ, त्यसका लागि गठबन्धनको पनि कार्यदल बनेको छ। कार्यदल छलफलमा नै छ। छलफल गरिसकेपछि कुन जिल्लाको कुन निर्वाचन क्षेत्रमा कुन पार्टीले प्रतिनिधिसभामा उठ्ने, कुन पार्टीले प्रदेश सभामा उठ्ने त्यो कुराको टुंगो लागिसकेपछि हामीले आफ्नो पार्टीको कस–कसलाई उम्मेदवार गराउने त्यो कुराको टुंगो लाग्छ।’
 

ad
ad