१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

६ वटा मर्चेन्ट बैंकरलाई कोष व्यवस्थापकको अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:४३:oo

नेपाल धितोपत्र बोर्डले ६ वटा मर्चेन्ट बैंकरलाई विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकका रूपमा काम गर्न अनुमति दिएको छ । बोर्डले प्रभु क्यापिटल, एनआइबिएल एस क्यापिटल, एनएमबि क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट क्यापिटल र एनआइसी एसिया क्यापिटललाई अनुमति दिएको हो । 

पुँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्रबोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम कोष व्यवस्थापकको काम गर्न अनुमति दिएको जनाइएको छ । बोर्डले आइतबार एक कार्यक्रमको आयोजना गरी ६ वटै मर्चेन्ट बैंकरलाई अनुमतिपत्र हस्तान्तरण गरेको जनाइएको छ ।

एसआइएफको कोष प्रबन्धकका लागि पाएको स्वीकृतिसँगै नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरू प्रदान गर्ने बाटो खुलेको प्रभु क्यापिटलले जनाएको छ । नवीनतम ज्ञान, सीप–क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम–व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेन्चर क्यापिटल, प्राइभेट इक्विटी फन्ड, हेज फन्डजस्ता उपकरणमार्फत लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले उल्लेख गरेको छ ।

यस्तो कोषमा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता तथा नेपाली तथा गैरआवासीय नेपालीलगायतले लगानी गर्न सक्ने जनाइएको छ । जसबाट स्वदेशी स्रोत परिचालन भर्ई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजी बजार विस्तार गर्न सहयोग पुग्ने तथा देशको समग्र व्यापार क्षेत्रका लागि लाभदायक हुने अनुमति पाएको मर्चेन्ट बैंकरले विश्वास व्यक्त गरेका छन् ।

बोर्डले यसअघि ग्लोबल इक्विटी फन्ड र अवसर इक्विटी फन्ड गरी दुईवटालाई अनुमति दिएकाले विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकका रूपमा काम गर्नका लागि अनुमति प्रदान गरेको मर्चेन्ट बैंकरको संख्या आठ पुगेको जनाइएको छ । 

ad
ad