
एमालेले सांसद महेश बस्नेतलाई भक्तपुरमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने तयारी गरिरहेको छ । ०४८ देखि क्षेत्र नं. १ नेमकिपाले जित्दै आएको छ । त्यहाँ एमालेले चाँगुनारायण नगरपालिकाका पूर्वमेयर सोम मिश्रलाई अगाडि सार्ने तयारी गरेको छ । मिश्रसँगै बागमती प्रदेश सदस्य सरस्वती बाटी पनि चर्चामा छिन् ।
क्षेत्र नं. २ मा बस्नेतको नाममा लगभग सर्वसम्मतिकै अवस्थाजस्तै रहेको एमाले भक्तपुरका जिल्ला सदस्य उपेन्द्र केसीले बताए । यद्यपि, केन्द्रीय सदस्य निर्मल भट्टराईले पनि संघकै लागि दाबी गरेका छन् ।
भक्तपुर २ को दुई नगरपालिकामध्ये मध्यपुर ठिमी गठबन्धनले जितेको छ भने सूर्यविनायक नगरपालिका एमालेले जितेको छ । दलगत मतमा एमाले अगाडि रहे पनि गठबन्धनको समग्र मतमा भने केही मतले एमाले पछाडि छ ।