१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार २३:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नागरिकता विधेयक बिहीबार पारित गर्ने राष्ट्रिय सभाको तयारी

विधायन समितिबाट बुधबार पारित, एमालेले राख्यो तीनबुँदे फरक मत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार २३:३२:oo

राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले नागरिकता विधेयक पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएका चासोलाई नियमावलीमा समेट्ने सरकारको प्रतिबद्धतासहित बुधबार समितिले बहुमतका आधारमा विधेयक पारित गरेको हो । समितिमा प्रतिपक्षी एमालेका सांसदले तीनबुँदे फरक मत राखेका छन् । 

समितिमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले उठाएको प्रादेशिक पहिचान र स्वघोषणाको विषयलाई नियमावलीमा परिमार्जन गरेर जाने प्रतिबद्धता जनाएका थिए । एमालेबाट समिति सदस्य देवेन्द्र दाहालले वैवाहिक अंगीकृतमा सातवर्षे प्रावधान, प्रादेशिक पहिचान र स्वघोषणालाई ऐनमै उल्लेख गर्न माग गर्दै तीनबुँदे फरक मत दर्ज गराएको बताए । उनले राष्ट्रिय सभामा पनि आफ्नो अडान रहने स्पष्ट पारे ।

समिति सभापति नारायणदत्त मिश्रले एमालेको फरक मतसहित विधेयक पारित भएको बताए । बिहीबारको राष्ट्रिय सभा बैठकमा पेस हुने उनको भनाइ छ । विधेयकमा स्वतन्त्र हैसियतका राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटा र विमला राई पौडेलले पनि लैंगिक समानता र वैवाहिक अंगीकृतमा फरक मत दर्ज गरे । 

२९ साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई २ भदौमा प्रतिनिधिसभाले हुबहु पारित गरेको थियो । राष्ट्रिय सभाले १२ भदौमा विधायन समितिमा पठाएको थियो । विधेयकलाई बिहीबारै पारित गर्ने राष्ट्रिय सभाको तयारी छ । 
 

ad
ad