१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रासस काठमाडौं
२०७९ भदौ १५ बुधबार १४:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय स्थल सेनाध्यक्ष पाण्डे भदौ १९ मा नेपाल आउँदै

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०७९ भदौ १५ बुधबार १४:३८:००

भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे भदौ १९ गते नेपाल आउँदै छन्। प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी पाँच सदस्यीय भ्रमण दलका साथ नेपाल आउन लागेकाे नेपाली सेनाले जनाएको छ।

भदौ १९ देखि २३ (सेप्टेम्बर ४ देखि ८)सम्म हुने पाँच दिवसीय भ्रमणका अवसरमा जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारत निरीक्षण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

यसैगरी उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोगस्वरूप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया र मध्यकमान्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

भ्रमणको मुख्य अंशको रूपमा रहेको नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन्। जनरल पाण्डेले भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको निर्देशनालयले जनाएको छ।