Skip This
पूर्वराजदूत र विज्ञ भन्छन्– नरभणेको नेपाल भ्रमण महत्वपूर्ण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २८ शुक्रबार o६:३५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वराजदूत र विज्ञ भन्छन्– नरभणेको नेपाल भ्रमण महत्वपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:३५:oo

नेपाल र भारतका पूर्वराजदूत एवं विज्ञहरूले भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेको भ्रमण दुई देशबीचको सैनिक तथा अन्य सम्बन्धका लागि महत्वपूर्ण हुने बताएका छन् ।

भारतको मनोहर पारिकर इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (एमपी–आइडिएसए) तथा नेपालको एआइडिआइएद्वारा आयोजित सेमिनारमा नेपालका लागि पूर्वभारतीय राजदूत मञ्जीवसिंह पुरी र राकेश सुदले भारत–चीन सम्बन्धको बदलिँदो आयाम नेपालले बुझ्नुपर्नेमा जोड दिएका छन् । 

नेपालका लागि पूर्वभारतीय राजदूत राकेश सुदले चीन र भारतको सम्बन्धमा आएको आधारभूत परिवर्तनलाई नेपालले बुझ्नुपर्ने बताए । ‘भारत–चीन सम्बन्धको आधारभूत परिवर्तनलाई नेपालले फिगर आउट गर्नुपर्छ । चीनको जनमुक्ति सेनासँग नेपालको सम्बन्धलाई पनि गम्भीरतापूर्वक हेर्नुपर्छ,’ सुदले भने ।

दुई देशको सैन्य सम्बन्धलाई राजनीतिक र कूटनीतिक सम्बन्ध सुधारका लागि उपयोग गर्नुपर्नेमा उनको जोड थियो । अर्को सन्दर्भमा सुदले भारतीय सेनामा नेपालीहरूको भर्ती (गोर्खा भर्ती)लाई निरन्तरता दिनुपर्ने पनि बताए । 

पूर्वराजदूत मञ्जीवसिंह पुरीले नेपालमा तेस्रो पक्षको उपस्थितिले नेपाल र भारतबीचको निकट समन्वयमा कहिलेकाहीँ असर पर्ने गरेको टिप्पणी गरे । नेपालमा चीनको उदयले पनि नेपाल–भारत सम्बन्धलाई प्रभावित बनाएको पुरीको भनाइ थियो । 

पूर्वनेपाली राजदूत शम्भुराम सिंखडाले नेपाल र चीनबीच सैन्य सम्बन्ध सुदृढ गर्नु अपरिहार्य रहेको बताए । भारतीय सेनाध्यक्षको भ्रमणले नेपाल र भारतबीच वार्ताका लागि कूटनीतिक र राजनीतिक तहमा ढोका खोल्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।

नेपाल र भारतबीचको सैनिक सम्बन्ध सुदृढ गर्न गर्नुपर्ने उनको भनाइ थियो । नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले कूटनीतिक र राजनीतिक सम्बन्ध अघि बढेको अवस्थामा मात्रै भारतीय सेनाध्यक्षको भ्रमण महत्वपूर्ण हुने तर्क गरे । नेपाली सेनाको आधुनिकीकरणका लागि भारतसँग छलफल गर्नुपर्ने बस्न्यातको सुझाब थियो । 

भारतीय सेनाका पूर्वरथी एवं नेपालका लागि पूर्वभारतीय सैनिक सहचारी शोकिन चौहानले नेपाली सेनाले मागेजति सामान भारतीय सेनाले दिँदै आएको बताए । नेपाल सधैँ भारतको सुरक्षाका हिसाबले महत्वपूर्ण रहेको उनको भनाइ थियो । नेपालका कारण तिब्बतको सीमा रक्षा भएको पनि उनले टिप्पणी गरे । 

एमएआइडिएसएका रिसर्च फेलो डा. निहार नायकले नेपाल र भारतबीच ब्रिटिस कालभन्दा अघिदेखि सैनिक सम्बन्ध रहँदै आएको बताए । दुई सेनाबीच विशेष सम्बन्धको पुष्टि भएको नायकको भनाइ थियो । उनले स्थल सेनाध्यक्षको भ्रमण आपसी विश्वास आर्जनका लागि उपयोग हुने बताए । सेनाध्यक्षको भ्रमण नियमित रूपको रहेको पनि उनको भनाइ थियो । 

सुरक्षा मामिला जानकार गेजा शर्मा वाग्लेले  नेपाल–भारत सम्बन्ध थप सुमधुर बनाउनुपर्ने बताए । उनले दुई देशबीच आपसी रक्षा सम्बन्ध थप सुदृढ हुनुपर्ने उनको भनाइ थियो । 
 

ad
ad