१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o६:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फर्किए भारतीय स्थल सेनाध्यक्ष : अग्निपथमा ‘आइस ब्रेक’ भएन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:५४:oo

भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डे नेपालको पाँचदिने औपचारिक भ्रमण सकेर बिहीबार दिल्ली फर्केका छन् । नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानसेनापति प्रभुराम शर्मासहित उच्च सैनिक अधिकारीसँग छलफलका क्रममा गोर्खा सैनिकको प्रशंसा गरे, तर अग्निपथ भर्ती योजनाबारे बोलेनन् । चारवर्षे सुरुवाती सेवासहितको अग्निपथ योजनामा गोर्खा भर्ती अनुमति दिन नहुने दबाब नेपालमा बढिरहेका वेला उनको भ्रमणमा छलफल हुने अनुमान गरिएको थियो, तर ‘आइस ब्रेक’ भएन । 

सैनिक स्रोतका अनुसार भारतीय सेनाध्यक्ष पाण्डेले जंगी अड्डा, शिवपुरीस्थित सैनिक कमान्ड एन्ड स्टाफ कलेज र पोखरास्थित सेनाको मध्य कमान्ड मुख्यालयमा सैनिक अधिकारीसँगकोअन्तत्र्रिmयामा अग्निपथको प्रसंग उल्लेख गरेनन् । ‘अग्निपथका विषयमा नेपालको राजनीतिक मञ्चमा बहस भइरहेको र भारतमा पनि बहस भइरहेको हुनाले भारतीय सेनाध्यक्ष विवादमा आउन नचाहेको स्पष्ट देखिन्थ्यो,’ एक बहालवाला सैनिक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘उहाँले भारतीय सेनामा गोर्खा भर्तीको महत्वका विषयमा सबै ठाउँमा उल्लेख गरेर अप्रत्यक्ष रूपमा अग्निपथ स्वीकार गर्नुपर्ने सन्देश दिनुभयो । तर, विवाद आउने भयमाझ उहाँले स्पष्ट रूपमा भन्नुभएन ।’ 

एक सैनिक अधिकारीले अग्निपथअनुसार गोर्खा भर्तीलाई निरन्तरता दिने कि रोक्ने भन्ने विषय सेनासँग सम्बन्धित नरहेका कारण पनि छलफल नभएको बताए । ‘यो विषय प्राविधिक रूपमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित हो र राजनीतिक रूपमा प्रधानमन्त्रीले सम्हाल्नुपर्ने विषय हो,’ ती सैनिक अधिकारीले भने, ‘राजनीतिक र कूटनीतिक तहबाट यसको निक्र्योल होस् भन्ने नेपाली सेनाको चाहना हो । यसमा नेपाली वा भारतीय सेना निर्णायक होइनन्, सरकारको निर्णय सर्वोपरी छ ।’

प्रधानमन्त्रीसँगको भेटवार्तामा भारतीय राजदूत नवीन श्रीवास्तवले अग्निपथबारे नेपाल सरकारले लिने निर्णयको सम्मान गर्ने बताउँदै यसलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे । सेनाध्यक्ष आफैँले नबोले पनि राजदूतमार्फत सेनाध्यक्षकै सन्देश दिइएको सैनिक अधिकारीको भनाइ छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले २० भदौमा सेनापति प्रभुराम शर्मा र भारतीय स्थल सेनाध्यक्ष पाण्डेबीचको औपचारिक भेटवार्तामा दुई देशका आपसी सुरक्षा चासोका विषयमा छलफल भएका भएको उल्लेख गरेको छ । भारतीय सेनाध्यक्ष फर्केको जानकारी दिन बिहीबार जारी विज्ञप्तिमा सेनाले भनेको छ, ‘भेटवार्ताका क्रममा दुई देशको आपसी सुरक्षा चासोका विषयमा छलफल भएको थियो ।’ 

ad
ad