१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

त्रिवि पदाधिकारीले विश्वविद्यालय बन्धक बनाए : प्राध्यापक संघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३८:oo

प्रजातन्त्रवादी प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यालयलाई बन्धक बनाएको आरोप लगाएको छ । विश्वविद्यालयका कुनै पनि गतिविधि शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित नभएको र विश्वविद्यालयको नेतृत्व नीतिगत भ्रष्टाचारलाई बढवा दिँदै अपारदर्शी रूपमा सञ्चालित भएको संघको आरोप छ । 

संघका अध्यक्ष जगत् तिमल्सिना र महासचिव राजेन्द्र गौतमले मंगलबार जारी विज्ञप्तिमा विश्वविद्यालयलाई संकटमा पारेर वक्तव्यबाजीमा उत्रिनु दुःखद भएको उल्लेख गरेका छन् । 

त्रिवि पदाधिकारीले केही दिनअघि पत्रकार सम्मेलन गरी राजनीतिका कारण कामै गर्न नपाएको गुनासो गरेका थिए । ‘परीक्षाजस्तो संवेदनशील विषयमा भएको गल्तीलाई ढाकछोप गर्न र दोषीलाई उन्मुक्ति दिन पदाधिकारीले गरेका क्रियाकलाप निन्दनीय छन्,’ संघको विज्ञप्तिमा भनिएको छ । 

संघले त्रिवि पदाधिकारीको अयोग्यताले मुठभेडको अवस्था सिर्जना भएको र विश्वविद्यालय इतिहासकै गम्भीर मोडमा पुगेको ठहर गरेको छ । त्रिविका पदाधिकारीहरूको अदूरदर्शिता, अक्षमता एवं अकर्मण्यताका कारण पदाधिकारीहरू सम्पूर्ण रूपमा अयोग्य प्रमाणित भएको र त्यसको असर विश्वविद्यालयमा परेको संघको आरोप छ । 

शैक्षिक केन्द्रमा मुठभेडको अवस्था सिर्जना भएको, देशलाई नैतिकता तथा प्राज्ञिक मर्यादा सिकाउने सरस्वतीको मन्दिरमा यसप्रकारको स्थितिको सिर्जना हुनु दुःखद भएको संघले जनाएको छ । विश्वविद्यालयका भौतिक, प्रशासनिक, प्राज्ञिकलगायतका विषयमा सुधार गर्न आफूहरूले बुझाएको ३३ बुँदे मागलाई वर्तमान पदाधिकारीले नजरअन्दाज गर्दा अहिले अवस्था उत्पन्न भएको दाबी गरिएको छ ।

ad
ad