१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल र अस्ट्रेलियाबीच जलस्रोतमा सहकार्य गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:४९:oo

नेपाल र अस्ट्रेलियाबीच जलस्रोत क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ। परराष्ट्रसचिव भरतराज पौड्याल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र अस्ट्रेलियाका परराष्ट्र तथा व्यापार मन्त्रालयकी सचिव जान एडम्स नेतृत्वको प्रतिनिधिमण्डलबीच आइतबार क्यानबेरामा वार्ता भएको थियो।

बैठकका क्रममा दुई देशबीच जलस्रोत व्यवस्थापनका विषयमा सहकार्यसम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको हो। जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे र अस्ट्रेलियाकी परराष्ट्र तथा व्यापारसम्बन्धी सचिव जानले हस्ताक्षर गरेको अस्ट्रेलियास्थित नेपाली राजदूतावासले जनाएको छ। दुई सचिवबीच द्विपक्षीय परामर्श संयन्त्रको बैठक मंगलबार हुनेछ।

ad
ad