१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ १३ सोमबार
  • Sunday, 11 May, 2025
दीपक भट्ट रामेछाप
२o७९ भदौ १३ सोमबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७९ भदौ १३ सोमबार १५:oo:oo

रामेछापको लिखु तामाकोसी गाउँपालिकाबाट डाँका मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन्। फरार अभियुक्त लिखु तामाकोसी– ५ बिजुलीकोटका २३ वर्षीय भक्तबहादुर तामाङलाई प्रहरीले सदरमुकाम मन्थलीको देवकोटा चोकबाट पक्राउ गरेको हो।

तामाङलाई ०७७ चैत ३० गते रामेछाप जिल्ला अदालतले डाँका मुद्दामा ६ वर्ष ११ महिना २० दिन कैद सजाय र ७० हजार रुपैयाँ जरिवाना हुने गरी फैसला सुनाएको थियो। अदालतको फैसलापछि तामाङ फरार रहँदै आएका थिए।

प्रहरीको खोजी सूचीमा रहेका तामाङ आइतबार सदरमुकाम मन्थली झरेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। प्रक्राउ परेका तामाङलाई आज जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।