मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ भदौ १२ आइतबार १४:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन आजको आवश्यकता : शेखर कोइराला  

Read Time : < 1 मिनेट
२०७९ भदौ १२ आइतबार १४:५०:००

कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन् । कांग्रेस मोरङ क्षेत्र नम्बर ६ द्वारा आज आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे ।

नेता कोइरालाले आगामी संघीय निर्वाचनमा कांग्रेसले गठबन्धन दलसँग कम्तीमा पनि एक सय सिटमा सहमति गर्नुपर्ने बताए । कांग्रेसले ०७४ को निर्वाचनमा संघीय संसद् र प्रदेश सभामा विजयी भएका स्थान आफूले राख्नुपर्नेमा जोड दिँदै उनले  ७७ जिल्लामा संघीय संसद् वा प्रदेश सभामा प्रतिनिधित्व हुनु आवश्यक रहेको बताए।

नेता  कोइरालाले पार्टी र सरकारमा सुशासन र पारदर्शिता हुनुपर्ने भन्दै जनताप्रति उत्तरदायी भएर जनताको काम छिटो गर्न पनि सुझाव दिए । उनले जनतासँग जोडिने कार्य पार्टी र सरकारले गर्नुपर्ने भन्दै कांग्रेसले आगामी निर्वाचनबाट मुलुकमा दण्डहीनताको अन्त्य चाहेको धारणा राखे ।

प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले कार्यकर्ताले आगामी निर्वाचनमा जनताको घरघरमा पुगी उनीहरूको मन जितेर मत माग्नुपर्ने बताए । केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रौला र रुक्मिणी कोइरालाले आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउने गरी लाग्न कार्यकर्तालाई आग्रह गरे ।  

कांग्रेस मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विगतका तिक्ततालाई हटाई कार्यकर्ता एकढिक्का भएर निर्वाचनमा लाग्नुपर्ने धारणा राखे ।

क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङ, प्रदेश सभा सदस्य चुमनारायण तवदार, नेपाल तरुण दल महानगर सभापति दीपक चापागाईं र मधुबाबु तिवारीले पार्टीभित्र निष्ठावान कार्यकर्ताको मूल्यांकन हुनुपर्नेमा जाेड दिए ।