Skip This
युक्रेनी फुटबल खेलाडीमा उत्साह त्रासबीच घरेलु लिग पुनः सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
एजेन्सी किभ
२o८१ बैशाख २९ शनिबार o८:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

युक्रेनी फुटबल खेलाडीमा उत्साह त्रासबीच घरेलु लिग पुनः सुरु

Read Time : > 1 मिनेट
एजेन्सी किभ
नयाँ पत्रिका किभ
२o८१ बैशाख २९ शनिबार o८:५८:oo

‘खार्किभ सहरलाई सम्झँदा मुटु चस्किन्छ,’ युक्रेनी फुटबल क्लब मेटालिस्ट १९२५ खार्किभका गोलकिपर डेनिज सिडोरेन्को भन्छन्, ‘मिसाइलले हाम्रो तालिम मैदानमा क्षति पुग्यो । पहिला हामी खेलेको ठाउँ अहिले बाँकी छैन ।’युद्ध सुरु हुँदा सिडोरेन्कोआबद्ध फुटबल क्लब युक्रेनी प्रिमियर लिगको विन्टर ब्रेकमा पनि प्रशिक्षणमा थियो । रसियन आक्रमणको दुई दिनपछि सबै खेल गतिविधि ठप्प भए । रुसी हमलाको ६ महिना पूरा हुँदा आक्रमणको त्रासबीच युक्रेनले घरेलु फुटबल प्रतियोगिता पुनः सुरु गरेको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ३२ अगस्टको आदेशअनुसार युक्रेनमा प्रिमियर लिग पुनः सुरु भएको छ । लिग सुरु भएपछि खेलाडी मात्रै होइन, फुटबलप्रेमीहरू पनि उत्साहित बनेका छन् । ‘लिग पुनः सुरु हुनु देशका लागि राम्रो हो,’ युक्रेनी फुटबल महासंघका प्रमुख एन्ड्री पावेल्को भन्छन्, ‘यो कदम युक्रेनले जित्न सक्छ र जित्छ भन्ने विश्वलाई संकेत हो ।’
रुसी हमलापछि धेरै टिम अपेक्षित रूपमा सुरक्षित मानिएको पश्चिमी सहर लिभिभमा स्थानान्तरण भएका छन् । फुटबल क्लब डायनामो किभ राजधानी वा वरपरको क्षेत्रमा खेल्ने योजना बनाएको क्लबमध्ये एक हो । 

सिडोरेन्कोको समूहले स्लोभाकियाको सीमा क्षेत्र उज्होरोडमामा तालिम दिइरहेको छ, जुन खार्किभ सहरबाट १३ हजार किलोमिटर टाढा छ । खार्किभका अधिकांश भाग युद्धले 
क्षतविक्षत छन् । खेलकुदका गतिविधि सुरु भएपछि खेलाडीले एक–अर्कालाई भेट्न थालेका छन् । ‘खेलाडीको फेरि भेट भएपछि हामीले हरेक विषयका बारेमा छलफल ग¥यौँ । युद्ध सुरु हुँदा को कहाँ थियो र उनीहरूले के गरेका थिए भन्नेबारे चर्चा गर्‍यौँँ,’ फेब्रुअरीमा प्रेमिकासँगै पश्चिम युक्रेन गएका ३३ वर्षीय सिडोरेन्कोले भने, ‘अहिले कडा मिहिनेतका साथ अभ्यास गरेका छौँ । हाम्रा प्रशंसकलाई खुसी पार्न चाहन्छौँ र हरेक प्रतियोगिता जित्न चाहन्छौँ ।’ 

फुटबल गतिविधि पुनः सुरु भए पनि तत्कालका लागि दर्शकलाई मैदानमा जान रोकिएको छ । सरकारले रंगशालामा विशेष सुरक्षा व्यवस्था गरेको छ ।

लिग सुरु गर्ने विषयमा  कहिलेदेखि छलफल भयो ?
युक्रेनी फुटबल संघका अध्यक्ष पाभेल्कोले यस सिजनमा खेलहरू कसरी राख्ने भन्नेबारे रक्षा मन्त्रालयसँग छलफल गरेका थिए । फुटबल गतिविधि पुनः सुरु भए पनि तत्कालका लागि दर्शकलाई मैदानमा जान भने रोकिएको छ । सरकारले रंगशालामा विशेष सुरक्षा व्यवस्था गरेको छ । स्वीकृत रंगशाला हवाई साइरनजडित र बमबाट सुरक्षित हुनेछन् । ‘सबै लिग खेल्नु राम्रो हो । यसले हरेकको मनोबल बढाउँछ,’ उनी भन्छन् । 

डायनामो किभ क्लबको महिला टोलीबाट खेल्ने अन्ना माइरोन्चुक फुटबलको पुनरागमनको सम्भावनाबाट उत्साहित भएको बताउँछिन् । केही समय भए पनि दिमागलाई युद्धबाट टाढा लैजान सहयोग गर्ने उनको भनाइ छ । ‘मैदानमा पुनः फर्किंदा, खेल्दा, गोल हान्दा र जित्दा खेलाडीले आनन्द महसुस गर्नेछन्,’ उनले भनिन् । रुसी हमलापछि माइरोन्चुकको टिमका साथीहरू दुई सातासम्म बंकरमा बस्न बाध्य भए । ‘फुटबलमा के हुनेछ भनेर कसैलाई थाहा थिएन,’ डायनामोका महिला प्रशिक्षक भोलोदिमिर पेट्रेन्को भन्छिन्, ‘तर, हाम्रा निर्देशकले हामीलाई छाडेनन् । हामी जुममा सुन्थ्यौँ र खेलाडीहरूलाई व्यक्तिगत काम दिन्थ्यौँ ।’ 

त्यसपछिका महिनामा डायनामोको पुरुष टोली र साख्तर क्लबले ‘शान्तिका लागि विश्वव्यापी भ्रमण’मा सहायता रकम जुटाउन देशबाहिर मैत्रीपूर्ण खेल खेले । युक्रेनका लागि दुईपटक खेलिसकेका साख्तरका गोलकिपर अनातोइली टुबिन भन्छन्, ‘पहिलो खेलमा हामीमध्ये केही राष्ट्रिय गानपछि रोयौँ ।’

ad
ad