मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
काठमाडाैं मलमा निर्माण गरिएका अनधिकृत संरचना हटाउँदै महानगरपालिका । तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ८ बुधबार ११:५४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं मलमा बालेनको डोजर, अनधिकृत संरचना भत्काइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ८ बुधबार ११:५४:००

काठमाडौं महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ । यसक्रममा आज बिहानै सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचनामा महानगरले डोजर लगाएको छ । 

महानगरका मेयर बालेन्द्र साहकै उपस्थितिमा डोजर लगाएर अनधिकृत संरचना हटाइएको हो । कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलका सटरहरू भाडामा लिएकाहरूले अनधिकृत रूपमा नक्साविपरीतका संरचना बनाएर उपयोग गरिरहेको गुनासो आइरहेको थियो । 

महानगरले यसक्रममा काठमाडौं उपत्यका प्रहरीसँग पनि सहायता लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चाैधरीको नेतृत्वमा प्रहरी टोली पनि त्यहाँ खटिएको थियो । 

त्यहाँ भएका नक्सा पास भएका संरचना र पसलमा भने कुनै क्षति नपुर्‍याइएको महानगरले जनाएको छ । अनधिकृत रूपमा बनेका संरचनाका कारण पैदलयात्रीले सास्ती भोग्नु परिरहेको थियो भने पार्किङमा समेत समस्या थियो ।