१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘नबिल जेन अल्फा’को ब्रान्ड एम्बासडरमा रेग्मी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:२९:oo

नबिल बैंकले नौ वर्षिया समाजसेवी प्रेन्सा रेग्मीलाई नबिल जेन अल्फाको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । नबिल जेन अल्फा १८ वर्षभन्दा मुनिका बालबालिका र अभिभावकलाई लक्षित गरी ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित प्रोडक्ट हो ।

अभिभावकले यस एपमार्फत आफ्ना बालबालिकाका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्छन् । बालबालिकाले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्ने बैंकले जनाएको छ । त्यही अंक लिंक गरिएकोे खातामा पैसाका रूपमा बचत हुने प्रावधान रहेको जनाइएको छ । यो प्रोडक्टमार्फत बालबालिकालाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकको दैनिकीमा सहजता ल्याउने लक्ष्य लिएको बैंकले जनाएको छ ।

रेग्मीले महामारीको समयमा सर्जिकल मास्क वितरण गरेर आठ वर्षको उमेरमा सामाजिक कार्यको थालनी गरेको बैंकले जनाएको छ । पोखराको बिरौटाका स्थायी बासिन्दा रेग्मीले भर्खरै दुबईमा ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२ जितेकी छिन् । नबिल जेन अल्फा बालबालिकालाई मार्गदर्शन गर्न, उत्प्रेरित र प्रोत्साहित गर्र्न ल्याइएको एपमा आधारित नेपालकै पहिलो डिजिटल प्रोडक्ट भएको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले जानकारी दिए ।

उनले भने, ‘हामीले एउटा एप विकास गरेका छौँ, जहाँ बालबालिकाले आफ्ना अभिभावकले तोकेको काममा अंक कमाउन सक्छन् । यसरी बच्चाहरूले घरको काम र जीवन सीपहरू सिक्दै आफ्नो लिंक गरिएको खातामा पैसा कमाउन सक्छन् ।’ उनले यस एपले सानै उमेरबाट बालबालिकामा वित्तीय साक्षरता बढाउने, बचतको महत्व र बजेटका बारेमा सिक्न र बुद्धिमतापूर्वक खर्च गरेर चाहना र आवश्यकताबीचको भिन्नता बुझ्न मद्दत गर्ने बताए । बैंकले सेप्टेम्बरबाट उत्पादन सार्वजनिक गर्ने योजना बनाएको जनाइएको छ ।

ad
ad