१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ६ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ भदौ ६ सोमबार १९:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्डरग्राउन्ड पसल हटाउन ‘एक्सन’मा उत्रिए मेयर बालेन्द्र साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ भदौ ६ सोमबार १९:२o:oo

काठमाडौ‌ं महानरपालिकाले बानेश्वर आसपासमा रहेका अन्डरग्राउन्डका पसल हटाउन सुरु गरेको छ। सोमबार बिहानदेखि नयाँ बानेश्वरमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरीसहित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफैँ अन्डरग्राउन्डका पसल हटाउन ‘एक्सन’मा उत्रिएका हुन्। 

मेयर साहले घरधनीहरूले अन्डरग्राउन्डमा पार्किङको व्यवस्था गर्ने भनेर नक्सा पास गरे पनि घर बनाई अन्डरग्राउन्डमा पार्किङ नबनाई पसल राख्न दिएको भन्दै ढलान भत्काएर पार्किङ खुला गरेका छन्। महानगरपालिकाले ३५ दिनअघि नै अन्डरग्राउन्डका पसल हटाउन र त्यो ठाउँमा पार्किङको व्यवस्था गर्न सूचना निकालेको थियो। तर, त्यो सूचना  जारी भएको ३५ दिन बढी हुँदा पनि कार्यान्वयन नभएको भन्दै मेयर साह आफैँ मैदानमा उत्रिएका हुन्। 

मेयर साहले अन्डरग्राउन्डमा पसल गर्ने सबै व्यवसायीहरूलाई तत्काल पसल नहटाए महानगर आफैँले पसल हटाउने भन्दै चेतावनी दिए। मेयर साहले नक्सापास भएबमोजिम घरको अन्डरग्राउन्डमा पसल भए तुरुन्त खाली गरेर पार्किङका लागि खुला गर्न निर्देशन दिए। यता नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेलले घरधनीहरूले महानगरमा घरको नक्सा पास गर्दा अन्डरग्राउन्ड पार्किङको लागि भनिए पनि पसल राख्न दिँदा व्यवसायीहरू मर्काका परेको बताए।