मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ६ सोमबार १४:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी र एस एउटै घोषणापत्रमा आगामी चुनाव लड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ६ सोमबार १४:५७:००

माओवादी र एकीकृत समाजवादीले आगामी निर्वाचन एउटै घोषणापत्रमा लड्ने भएका छन् । हात्तीवनस्थित एक घरमा माओवादी अध्यक्ष प्रचण्ड र एसका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा संघ र प्रदेश सभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचन एउटै घोषणापत्रमा लड्ने सहमति भएको हो । 

छलफलमा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एसका महासचिव बेदुराम भुसाल पनि सहभागी थिए । छलफलले दुई पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने सहमतिसमेत गरेको नेताहरूले जनाएका छन् । बैठकपछि माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी निर्वाचन एउटै घोषणापत्र लिएर लड्ने सहमति भएको प्रतिक्रिया दिए । 

यी दुई पार्टीबीच एकताको गृहकार्य चलिरहेको छ । त्यसक्रममा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरिसकेको छ । माओवादी अध्यक्ष प्रचण्डले पनि हालै भएको स्थायी समिति बैठकमा एससँग पार्टी एकताको प्रक्रियाअघि बढिरहेको बताएका थिए ।