१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आर्मी र ललितपुर हाईलाई उपाधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o४:oo

नेपाल आर्मी र ललितपुर हाईले प्रथम राष्ट्रिय खुला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । आर्मी पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको हलमा भएको फाइनलमा आर्मीले रोयललाई ७७–६५ ले पराजित गर्‍यो ।

आर्मीका आयुष सिंहले १९ स्कोर गरे । पहिलो क्वार्टरमा १०–८ को अग्रता लिएको आर्मी दोस्रोमा २५–२६ ले पछि पर्‍यो । बाँकी दुई क्वार्टर आफ्नो पक्षमा पार्दै आर्मीले उपाधि सुनिश्चित गर्‍यो । आर्मीले तेस्रोमा २०–१३ र चौथोमा २२–१८ को प्रदर्शन गर्‍यो । 

उपाधिसँगै आर्मीले ५० हजार र रोयलले २५ हजार रुपैयाँ प्राप्त गरे । महिलाको रोमाञ्चक उपाधि भिडन्तमा ललितपुरले आयोजक नखिपोटलाई ३७–३५ को झिनो अन्तरले हरायो । ललितपुरकी अस्मिता थापाले १५ स्कोर गरिन् । पहिलो क्वार्टरमा ललितपुरले ९–८ को सामान्य अग्रता लियो । दोस्रो क्वार्टरमा नखिपोटले ११–५ को अग्रता लिँदै मध्यान्तरसम्म समग्रमा पाँच अंकले अगाडि रह्यो । 

तेस्रो क्वार्टरको खेलमा ललितपुरले १४–६ को प्रदर्शन गर्नु नै जितको मुख्य आधार बन्यो । चौथो क्वार्टरमा नखिपोटले १०–९ को अग्रता हासिल गरे पनि समग्रमा दुई अंकले उपाधि गुमायो । ललितपुरले ३० हजार तथा नखिपोटले १५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 

पुरुषमा आर्मीका आयुष सिंह तथा महिलामा ललितपुरकी अस्मिता थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । साताव्यापी प्रतियोगिताको पुरुषमा १२ तथा महिलामा चार टोली सहभागी थिए । 

ad
ad