१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ २ बिहीबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ भदौ २ बिहीबार o७:३४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

एसले तोक्यो  उम्मेदवारको मापदण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ भदौ २ बिहीबार o७:३४:oo

एकीकृत समाजवादीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड टुंगो लगाएको छ । बुधबार बसेको सचिवालय बैठकले मापदण्ड टुंगो लगाउँदै उम्मेदवारको नामावली २० भदौभित्र केन्द्रमा सिफारिस गर्नुपर्ने निर्णय भएको उपमहासचिव डा. गंगालाल तुलाधरले जानकारी दिए ।

उनका अनुसार उम्मेदवार बन्न पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध भएको, पार्टी निर्माणमा योगदान गरेको र विद्रोहमा सक्रिय भूमिका खेलेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक र नैतिक आचरण राम्रो भएको, जनतामा स्थापित र लोकप्रिय, स्वच्छ छवि र सुशासनको पक्षपाती, कार्यक्षमता र सक्रिय भएको हुनुपर्नेछ ।