१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रयोगात्मक परीक्षाको मूल्यांकनमा सिएमसीका प्राध्यापकको मनोमानी आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १८:४२:oo

चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले प्राध्यापकबाट परीक्षाको मूल्यांकनमा भेदभाव भएको भन्दै असन्तुष्टि जनाएका छन्। डिप्लोमा ३ वर्षे रेडियोग्राफीको ८ सय नम्बरको प्रयोगात्मक परीक्षामा प्राध्यापकले मनोमानी ढंगबाट नम्बर दिएको आरोप विद्यार्थीले लगाएका हुन्। 

सैद्धान्तिक एवं प्रयाेगात्मक कक्षामा नियमित आउने विद्यार्थीको तुलनामा अन्य विद्यार्थीको प्रयाेगात्मक परीक्षाको नम्बर बढी भएकोसमेत विद्यार्थीको आरोप छ।  ‘प्रयाेगात्मक परीक्षामा विद्यार्थीको विगत र वर्तमानको नतिजासँगै मौखिक परीक्षाअनुसार नम्बर आउनुपर्ने हो तर आएन। लिखित परीक्षामा राम्रो नम्बर छ आफ्नै शिक्षकले किन भेदभाव गर्नुभयो हामी अचम्ममा छौँ,’कलेजमा अध्ययनरत  एक विद्यार्थीले भने ।  

कलेजका प्रिन्सिपल निर प्रसाद अधिकारी प्राविधिक समस्या भएको हुन सक्ने भन्दै प्राध्यापकसँग बुझ्ने काम भइरहेको बताए। ‘सुनियोजित चै नहुन सक्छ, राम्रो विद्यार्थीलाई राम्रै नम्बर दिनुपर्छ अब अर्कोपटक गल्ती नहुने गरेर म छलफल गर्छु,’ उनले भने।

ad
ad