मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ भदौ १ बुधबार ११:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उम्मेदवारको मापदण्ड तोक्न एकीकृत समाजवादीले बोलायो बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ भदौ १ बुधबार ११:१९:००

सत्तारूढ दल एकीकृत समाजवादीले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवारको मापदण्ड तोक्ने तयारी गरेको छ । न्यूनतम मापदण्ड तोक्न पार्टी केन्द्रीय कार्यालय मीनभवनमा बुधबार दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको छ । 

बैठकमा महासचिव डा. बेदुराम भुसालले मापदण्डको मस्यौदा पेस गर्नेछन् । सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिने नेताहरूले बताएका छन् । 

सत्तारूढ दलहरूबीच सिट बाँडफाँडको विषयमा सहमति जुटिसकेको छैन । पाँचदलीय सहमतिअनुसार प्रत्यक्षतर्फ र समानुपातिकतर्फबाट सबै सिटमा उम्मेदवार उठाइने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।