मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : नयाँ पत्रिका अर्काइभ
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १ बुधबार १०:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश चुनाव नलड्ने रवि लामिछानेको घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १ बुधबार १०:४६:००

पूर्वसञ्चारकर्मी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न प्रदेश सभा निर्वाचनमा भाग नलिने भएको छ । 

४ मंसिरमा संघ र प्रदेश सभा सदस्य चयन गर्न निर्वाचन हुँदै छ । सो निर्वाचनमध्ये संघको निर्वाचनमा मात्र सहभागी हुने निर्णय सो पार्टीको केन्द्रीय समिति बैठकले गरेको हो । 

पार्टीका अध्यक्ष रवि लामिछानेले बुधबार आफ्नो पार्टीले प्रदेश सभा निर्वाचनमा सहभागिता नहुने निर्णय गरेको जनाएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसपटकको निर्वाचनमा हाम्रो पार्टी प्रदेश तहमा सहभागी नहुने भएको छ । यो निर्वाचनमा हाम्रो उम्मेदवारी, मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहनेछ ।’ उनले प्रदेश तहमा सहभागी नहुनेबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको जनाएका छन् । 

लामिछानेले प्रदेश सभामा सहभागी नहुनुको कारण पनि स्पष्ट पारेका छन् । यही संरचनामा प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनुबाहेक केही नभएको उनको तर्क छ ।