मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १ बुधबार ०८:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेविसंघको तालाबन्दी  विरुद्ध अनेरास्ववियुको हस्ताक्षर प्रधानमन्त्रीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १ बुधबार ०८:०६:००

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा कांग्रेसनिकट नेविसंघले गरेको तालाबन्दीको विरोधमा अनेरास्ववियुले हस्ताक्षरसहितको ज्ञापनपत्र विश्वविद्यालयका उपकुलपतिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको हो । नेविसंघले पाँच ठाउँमा लगाएको तालाबन्दीविरुद्ध दुई दिन हस्ताक्षर संकलन गरी मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । 

नेवि संघले त्रिवि केन्द्रीय कार्यालयदेखि डिन कार्यालयसम्म पाँच ठाउँमा ताला लगाएको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले बुझाएको हस्ताक्षरसहितको ज्ञापनपत्रमा दलगत रूपमा, राज्यसत्ताको आडमा विश्वविद्यालयलाई अनन्तकालीन तालाबन्दीको दुष्चक्रमा फसाउने र सार्वजनिक विश्वविद्यालयmाई विघटन गर्ने हर्कत मौलाउँदै गएको आरोप लगाएको छ । तालाबन्दीको संस्कृति सदाका लागि अन्त्य हुनुपर्ने माग राखेको छ । ‘आफ्नै भ्रातृ संगठनले महिनौँदेखि सरकारी निकायमा तालाबन्दी गर्नेजस्तो अपराधलाई दण्डित गर्नुको सट्टा झन् प्रोत्साहन गर्नु खेदजनक छ,’ ज्ञापनपत्रमा भनिएको छ ।

नेवि संघले परीक्षामा लापरबाही भएको, नियुक्तिमा कार्यविधिविपरीत काम गरेकोजस्ता आरोप लगाएको छ । नेवि संघले २७ असारमा त्रिवि रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ । मानविकी र व्यवस्थापन डिन कार्यालयमा परीक्षामा लापरबाही भएको र कारबाहीको माग गरी तालाबन्दी गरेको हो । कृषि अध्ययन संस्थान डिन कार्यालय कीर्तिपुरमा केही दिनअघि ताला लगाएको छ ।