मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौँ
२o७९ श्रावण ३१ मंगलबार १८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा.भट्टराईले भने– नेपाल समाजवादी पार्टी गठबन्धनकै अंग हो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १८:१२:oo

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र)सँगको सहकार्य चुनावका लागि मात्रै भएको बताएका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि यस्तो बताएका हुन्।

उनले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने बताए। पार्टीको लक्ष्य नेपालमा अग्रगामी परिवर्तनको एजेन्डा बाँकी रहेको र त्यसलाई पूरा गर्नका निम्ति एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने स्थिति नरहेको उल्लेख उनको भनाइ थियो।

‘तत्काल दुई पार्टीबीच चुनावी तालमेल गरेर अघि बढ्छौँ। हाम्रो लक्ष्य चाहिँ आगामी दिनमा बृहत् अग्रगामी शक्तिहरूको धुव्रीकरण गरेर देशलाई विकास, सुशासन, समृद्धिको दिशामा लिएर जाने संकल्प छ। नेपाल समाजवादी पार्टी गठबन्धनको एउटा अंग हो। भित्र-बाहिर भन्ने कुराको भ्रम नपरोस्। जे सहमति हुन्छ त्यहीअनुसार चुनाव लड्छौँ,’ डा.भट्टराईले भने।