मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण ३१ मंगलबार
  • Friday, 28 August, 2026
तस्बिर : संजित परियार
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३१ मंगलबार १६:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जित सुनिश्चितताका लागि माओवादी रोजेँ : वामदेव गौतम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३१ मंगलबार १६:१o:oo

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएको बताएका छन्। मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्नेसम्बन्धी व्यवस्थाबारे जानकारी लिन निर्वाचन आयोग पुगेका गौतमले यस्तो बताएका हुन्।

चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै उनले जित्नकै लागि माओवादी पार्टीको चुनावचिह्न लिएको उल्लेख गरे। एमालेको चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताउँदै उनले गठबन्धन अनेक हिसाबले अन्य गठबन्धन र पार्टीभन्दा अघि रहेको दाबी गरे। ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु। त्यसो भएर जित्नका लागि म यसमा आएको छु। जित्ने आधार भनेको गठबन्धन हो। हँसिया हतौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरू सबै गठबन्धन र पार्टीभन्दा अघि छ,’ गौतमले भने।

यो गठबन्धन चुनावसम्म मात्र रहने र पुनः अर्को गठबन्धन बन्ने भन्दै उनले माओवादी केन्द्रको तर्फबाट चुनाव जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रूपमा रहने जिकिर गरे। उनले भने, ‘यो चुनावसम्मको मात्रै गठबन्धन हो, सरकार बनाउने सन्दर्भमा फेरि अर्को गठबन्धन सुरु हुन्छ । प्रधानमन्त्रीको कुरै नसोध्नुस्, भन्नेबित्तिकै मेरो सबै बिग्रिन्छ ।’