मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण ३० सोमबार
  • Tuesday, 15 July, 2025
२o७९ श्रावण ३० सोमबार १५:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इरान–अफगानिस्तान सीमा विवाद : वार्ताका लागि काबुल पुग्यो इरानी प्रतिनिधिमण्डल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३० सोमबार १५:४८:oo

सीमा विवादलाई लिएर इरान र अफगानिस्तानबीच तनाव बढ्दै गएपछि काबुलस्थित इरानी दूतावासले सीमा विवादबारे छलफल गर्न विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल  तालिबान अधिकारीहरूसँग वार्ता गर्न काबुल आइपुगेको बताएको छ । 

अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व रोक्न संयुक्त इरान–अफगान समिति गठन गरेको घोषणा गरेपछि प्रतिनिधिमण्डलले काबुल भ्रमण गरेको हो । 

आइतबार राति इरानको हिरमान्ड क्षेत्रमा इरानी सेना र तालिबान सेनाहरूबीच सीमाको विषयलाई लिएर विवाद भएको थियो  । इरानसँग सीमा जोडिएको निमरुज प्रान्तको कांग जिल्लाको दरविश क्षेत्रमा भएको भिडन्तमा परी एक तालिबान लडाकु मारिएका छन् भने अर्का एकजना घाइते भएका तालिबान सीमा कमान्डर मोहम्मद इब्राहिम हेवादलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।  

आइतबारको गोली हानाहानमा दुवै पक्षले एक–अर्कालाई पहिलो गोली हानेको आरोप लगाएका छन् । इरानको इस्लामिक गणतन्त्रका सीमा गार्डहरू र तालिबान सेनाहरूबीच झडप भएको इरानी सञ्चारमाध्यमले जनाएको छ । रासस