१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 27 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ १४ सोमबार १४:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लत्रिएको तारमा करेन्ट लागेर मृत्यु

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १४:२९:oo

जंगलमा गाईवस्तु चराउन गएका मन्थली नगरपालिका– ७ भटौलीका ५५ वर्षीय बिजुले माझीको आइतबार करेन्ट लागेर मृत्यु भएको छ। नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण शाखाले विद्युतीकरण गरेको तार जमिनमा लत्रिएको अवस्थामा रहँदा गाईवस्तु चराउन गएका माझीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

प्राधिकरणको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आक्रोशित आफन्तले शव बुझ्न अस्वीकार गरेका थिए। पीडित परिवारले शव बुझ्न नमानेपछि प्राधिकरणका कर्मचारी, आफन्त र प्रहरीको रोहवरमा सहमति गरेपछि सोमबार बिहान शव पोस्टमार्टमका लागि मन्थली अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजुप्रसाद ढकालले जानकारी दिएका छन्।

मृतक माझीको बालबच्चाको पठनपाठन र रोजगारीका लागि सहयोग गर्ने तथा मृतकका परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्तिसहित क्रिया खर्चबापत २५ हजार रुपैयाँ प्रदान गर्ने सहमतिपछि शव उठाइएको हो।

ad
ad