मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १४ सोमबार १९:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विकल पौडेल अमेरिकी पिआर लिएको मुद्दामा पनि दोषी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १९:o६:oo

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचारकाे अर्को मुद्दामा पनि दोषी ठहर भएका छन्। यससँगै उनी प्रतिवादी रहेका चारमध्ये दुईवटामा दोषी ठहर भएका छन् भने दुई मुद्दा विचाराधीन छन्।

गत ९ वैशाखमा दायर मुद्दामा विशेष अदालतले उनलाई सोमबार कसुर कायमको फैसला गरेको हो। झुटा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै दायर मुद्दामा पौडेल दोषी पाइएका हुन्।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस मुद्दामा फैसला गरेको हो। पौडेलले सरकारी पदमा रहँदा नै संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमति लिएका थिए।